IME Life New

ग्लोबल आइएमई बैंकको थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई बैंकले थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्साको पर्सागढी नगरपालिका– १ मनवा बजार, पर्वतको मोदीगाउँपालिका – ७ राम्जा ठाँटी, परासीको सुनवल नगरपालिका – ११ जर्गाहा, संखुवासभाको चैनपुर नगरपालिका – ११ लोहाकोट, पाल्पाको पुर्वखोलागाउँपालिका – ५ वीरकोटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यसका साथै बैंकले गुल्मीको रेसुङ्गा नगरपालिका – १४ पराल्मी, मोरङ्गको बेलबारी नगरपालिका – १० चाँदनीचोक एव्मबेलबारी नगरपालिका – ११ लक्ष्मीमार्ग, झापाको मेचीनगर नगरपालिका – २ भृकुटी चोक, तनहूँको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुरको चौदण्डीगढी नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ ।

Crest

यस्तै बैंकले तनहूँको व्यास नगरपालिका – ५ नेपालटार, चितवनको इच्छा कामना गाउँपालिका– ७ भालुमारे, चितवनकै कालिका नगरपालिका – ९ शक्तिखोर र गुल्मीको सत्यवती गाउँपालिका – ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

यसका साथै बैंकले दमक शाखा, काठमाडौं कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ ।

हालसम्म बैंकले १ सय ३७ शाखा, २६ एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १ सय ४८ एटिएम तथा १ सय ५५ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि, सम्पर्क कार्यालयहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS