IME Life New

ग्लोबल आइएमई बैंकका ग्राहकले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई बैंक लि. र सुमेरु अस्पताल प्रालिबीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार प्रवर्धन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पताल प्रालिका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको जनाएको छ ।

सम्झौता भएसँगै सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS