IME Life New

ग्रीन भेन्चर्सको नाफा साढे ३० करोड माथि, रिटेन्ड अर्निङमा १४८% को छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन भेन्चर्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३० करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अधिसम्मको तुलनामा ०.२९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २.२१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन मुनाफा ६१ करोड ८५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ६० करोड ४८ लाख रुपैयाँमा खुम्चिएको छ।

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९१ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९२ करोड ६९ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा आम्दानीमा १.२१ प्रतिशतको संकुचन आएको छ।

चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङमा २१ करोड ६ लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङको आकार १४८.३० प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९.७४ रुपैयाँबाट बढेर ९.७६ रुपैयाँ पुगेको छ। पीई रेसियो ४७.७३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११६.७४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS