IME Life New

गोल्याण ग्रुपले राजधानी बाहिर पनि पाँच तारे होटल बनाउँदै, लुम्बिनीमा रू ४ अर्ब लगानीको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टीमोडमा हायात प्लेस होटल सञ्चालन गरिरहेको गोल्याण समूहले बुद्धभूमी लुम्बिनीमा समेत पाँच तारे होटल निर्माण गर्ने भएको छ। विश्व सम्पदा क्षेत्र लुम्बिनीमा भेदा हस्पिटालिटी लिमिटेडमार्फत् हायात रिजेन्सी ब्राण्डमा पाँच तारे होटल सञ्चालनमा ल्याउने योजना सहित होटल निर्माणका लागि जग्गा अधिग्रहणको काम सकेको छ।

हायात समूह अन्तर्गत सोल्टीमोडमा हायात प्लेर र बौद्धमा हायात रिजेन्सी ब्राण्डमा पाँच तारे होटल सञ्चालनमा छन्। हायात समूहले विश्वका ७६ देशमा २० वटा ब्राण्ड अन्तर्गत कुल १ हजार ३०० भन्दा बढी होटल सञ्चालन र व्यवस्थापन गरिरहेको छ।

Esewa
Crest

रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार सन् २०२७ देखि सञ्चालनमा आउने तयारीका साथ लुम्बिनीमा हायात रिजेन्सी रिसोर्ट होटल निर्माण भइरहेको छ। कूल ४ अर्ब ६० लाख रुपैयाँ लागत अनुमान गरिएको यो रिसोर्ट होटलमा २०० कोठा हुनेछन् । कूल लागतमध्ये ७५ प्रतिशत बै‌ंक ऋण र बाँकी शेयर पूँजीमार्फत् जुटाउने तयारी गोल्याण समूहको छ। होटल निर्माणका लागि स‌ंस्थापक शेयरधनीले हालसम्म जम्मा २० करोड ६० लाख रुपैयाँ पूँजी लगानी गरेका छन् ।

निर्माणाधीन होटलमा रेष्टुरेण्ट, सभाहल,पौडी पोखरी, स्पा लगायतका सुविधाहरू उपलब्ध हुनेछ। होटलको कुल निर्माण क्षेत्रफल २ लाख ९१ हजार वर्गफुट भन्दा बढी हुनेछ। क्यासिनो समेत सञ्चालन गर्ने योजना छ।

केयर रेटिङ्गसका अनुसार पाँच तारे स्तरिय  होटलको निर्माण अवधि ३ देखि ४ वर्षसम्म लाग्ने गरेको छ। होटल पूर्ण सञ्चालनमा आएर स्थिरता प्राप्त गर्नका लागि थप तीन वर्षको समय लाग्ने गरेको छ। पर्यटकलाई आकर्षित गर्न, व्यवसायको स्तर कायम राख्न, आफ्नो ब्रान्ड स्थापना गर्न र अपेक्षित लाभहरू प्राप्त गर्ने कम्पनीको क्षमताले होटलको क्रेडिट रेटिङको भविष्य निर्धारण गर्नेछ।

गोल्याण समूहले दुई वर्ष अघि नै सोल्टीमोडमा सिटी होटल्स लिमिडेट अन्तर्गत होटल हायात प्लेस सञ्चालनमा ल्याई सकेको छ। तारे स्तरको होटल सञ्चालनको अनुभव, अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझैदारीसँगै ठूलो व्यवसायीक घरानाको स‌ंलग्नता होटलको सबल पक्ष रहेको केयर रेटिङ्गसले उल्लेख गरेको छ।

होटलका लागि ३ अर्ब रुपैयाँ दीर्घकालीन कर्जा जुटाउनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्गस नेपालले केयर एनपि डब्बल बी माइनस रेटिङ दिएको छ। यो रेटिङले तोकिएको समयभित्रै वित्तीय दायीत्व निर्वाह गर्ने मामिलामा रेटिङ प्राप्त स‌ंस्थामा मध्यम स्तरको जोखिम निहित हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS