IME Life New

गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर आज फागुन १३ गतेबाबाट बिक्रीमा राखिएको छ।

कम्पनीका संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको मुख्य कार्यालयमा दिन सकिनेछ।

तोकिएको अवधिमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS