IME Life New

गणपति लघुवित्तको करिब साढे २ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको करिब साढे २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको २ लाख ४८ हजार ९३१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।

Crest

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन तनहुँको शुक्लागण्डकी–४ दुलेगौँडास्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS