IME Life New

गठबन्धनको सरकार बनेपछि कतिले खरानी भयो शेयर लगानीकर्ताको सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिलेको गठबन्धन सरकार नेपाली शेयर लगानीकर्ताको लागि खासै सुखत हुन सकेको पाइएन । प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले २९ असार २०७८मा पद तथा गोपनीयताको शपथ लिएसँगै अहिलेको सरकार बनेकोमा यो अवधिमा नेप्से परिसूचकमा एक हजार अंकमाथिको गिरावट आइसकेको छ । सोही दिन अर्थमन्त्री जनार्दन शर्मा माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका थिए ।

सरकार गठन हुनु भन्दा एक दिन अघि अर्थात २०७८ असार २८ गते नेप्से परिसूचक २८५४  विन्दुमा बन्द भएकोमा त्यसको करिव १ वर्षमा अर्थात २०७९ असार ९ गते नेप्से परिसूचक १८४८ विन्दुमा झरेको छ । समिक्षा अवधिमा नेप्से परिसूचकमा १००६ अंकको गिरावट आएको छ भने प्रतिशतमा ३५ प्रतिशत माथिको गिरावट हुन आउँछ ।

Esewa
Crest

अहिलेको सरकार गठन हुँदा बजार निकै बुलिस सेन्टिमेन्टमा रहेको र सरकार बने पश्चात नेपालको शेयर बजारको ऐतिहासिक विन्दु ३२०० छोएको थियो । सरकार बनेको करिव १ महिना पश्चात २०७८ भाद्र २ गते नेप्से परिसूचक ३२०० को विन्दुमाथि पुगेर सोही दिन ३१९८ को विन्दुमा बन्द भएको थियो । त्यस यता भने नेप्से परिसूचक निरन्तर घटेको छ । नेप्सेको हालसम्मको उच्च विन्दु र अहिलेको परिसूचकलाई दाँजेर हेर्दा नेप्से परिसूचकमा करिव १३५० अंक ( ४२ प्रतिशत)को गिरावट आएको छ ।

समिक्षा अवधिमा बजार पुँजीकरणमा पनि निकै ठूलो गिरावट आएको छ । नयाँ सरकार बन्नु १ दिन अघि ३९ खर्ब ७१ अर्ब रहेको बजार पुँजीकरण असार ९ २०७९ मा आइपुग्दासम्म २६ खर्बमा झरेको छ । यस अवधिमा १३ खर्ब माथि बजार पुँजीकरण घटेको छ। त्यस्तै नेप्सेको उच्च विन्दु ३२०० पुगेको दिन ४४ खर्ब ६८ अर्ब बजार पुँजीकरण पुगेकोमा त्यो दिन र अहिलको पुँजीकरणमा १८ खर्ब माथिको गिरावट आएको छ। यसरी हेर्दा लगानीकर्ताको सम्पत्ति खर्बौले खरानी भएको छ ।

तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गर्नु, प्रणालीमा तरलता अभावको कारणले गर्दा व्याज दर वृद्धि हुनुले अहिलेको शेयर बजारमा प्रभाव परेको वर्तमान अवस्थामा लगानीकर्ताहरुको मनोबल थोरै भए पनि बढाउन नियामक निकाय देखि सरकार उदासिन बन्दा नेपालको दोश्रो बजारमा लगानीकर्ताहरु प्यानिक हुनु पर्ने अवस्था आएको छ ।

शेयर बजार विकास र विस्तारको लागि खासै काम नभएको भन्दै अनशन देखि आन्दोलनसम्म भएकोमा राज्य पक्षले लगानीकर्ताको माग सम्बोधन गर्न कुनै ठोस कदम भने चालेको छैन । शेयर बजार जानकारका अनुसार अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर बीचको दुरीले गर्दा पनि शेयर बजारका माग सम्बोधन हुने समस्या रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS