IME Life New

खुल्यो बीमा तालिम इन्स्टिच्यूट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: आईतबार देखि नेपालमा ‘बीमा  तालिम इन्स्टिच्यूट’ सञ्चालनमा आएको छ ।बीमा  कम्पनीका कर्मचारी अभिकर्ता, नियमक निकायका कर्मचारीहरु र बीमा  क्षेत्रमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई लक्षित गरी आईतबार देखि इन्स्टीच्यूट शुरु गरिएको हो ।

इन्स्टिच्यूटको उद्घाटन गर्दै समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले आफनो लक्ष्य अनुरुप बीमा  तालिम केन्द्र सुरु गर्न पाउँदा खुशी लागेको बताए । ‘म अध्यक्ष नियुक्त हुने वित्तिकै नेपालको विमा क्षेत्रको पेनिट्रेशन बढाउने र बिमा तालिम केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएको थिए,’ उनले भने । सोही बमोजिम तालिम केन्द्रको स्थापना गरिएको उनले बताए । त्यस्तै, बीमा  पेनिट्रेशन ७ प्रतिशतबाट बढेर ११ प्रतिशत पुगेको उनले बताए।

Esewa
Crest

त्यस्तै कार्यक्रममा समितिका निर्देश राजुरमण पौडेले समितिको लामो अथक प्रयास पछि तालिम केन्द्र सञ्चालनमा आउन सम्भव भएको बताए । ‘बीमा  क्षेत्रको विकासमा यो कोशेढुंगा साबित हुनेछ,’ उनले भने । कार्यक्रममा बिमा विज्ञ भोजराज शर्माले लामो समयको अन्तराल पछि शुरुवात भएको बीमा  तालिम प्रति हर्ष व्यक्त गरे । उनका अनुसार बीमा क्षेत्रलाई द्रुतगतिमा लानुपर्ने साथसाथै बीमा  क्षेत्रमा जनचेतना र  बीमा प्रति उत्प्रेरणा जगाउँन तालिम केन्द्र अति नै आवश्यक भएको बताए।

बीमा क्षेत्रमा व्यवसायिक दक्षताको वातावरण, अन्तराष्ट्रिय तालिम केन्द्रका रुपमा परिचित गराउने, बीमा सम्बन्धि अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालय स्थापना गर्नु जस्ता मूलभुत उद्देश्यका साथ स्थापना गरिएको यस बीमा तालिम केन्द्र बीमा  क्षेत्रमा प्रवेश गर्ने नवप्रवेशिकाका लागि कोसेढुङ्गा हुने उनले बताए । बीमा  समिति कर्मचारी यूनियन अध्यक्ष पदम सोेडारीले बीमा  क्षेत्रमा देखिएको दक्ष कर्मचारी अभाव, तालिमका लागि बाहिरिनु पर्ने समस्यालाई समाधान गर्नका लागि तामिल केन्द्र उपलब्धिपूर्ण हुने बताए।

इन्स्टिच्यूटको अध्यक्षमा समितिका निर्देशक राजुरमण पौडेललाई नियुक्त गरिएको छ भने प्रमुख कार्यकारी प्रमुख बीमा  विज्ञ भोजराज शर्मालाई नियुक्त गरिएको छ । इन्स्टिच्यूटले आईतबार देखि नै समितिका नयाँ कर्मचारीलाई तालिम दिन सुरु गरेको छ । समितिका २३ जना  कर्मचारीलाई १८ दिनको तालिम दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS