IME Life New

आईटिआईको प्रमुखमा बिमा विज्ञ शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: लामो समय देखि चर्चामा रहेको बीमा सम्बन्धि तालिम दिने संस्था बिमा तालिम इन्स्टिच्यूट संचालनमा आउने भएको छ।बिमा समितिले बिमा तालिम इन्स्टिच्यूट (आईटिआई) को प्रमुख कार्यकारी अधिकृतमा समितिकै बिमा बिज्ञ भोजराज शर्मालाई नियुक्त गरेको छ । समिति र बिमा कम्पनीहरुको सहकार्यमा स्थापना गरिने इन्स्टिच्यूटमा १ करोड रुपैयाँ लगानी गरिएको छ ।

नेपालमा बिमा सम्बन्धी दक्ष जनशक्तिको अभाव भएपछि समितिले गत आर्थिक वर्ष देखि नै तालिम इन्स्टिच्यूटको प्रक्रिया अगाडी बढाएको हो । इन्स्टिच्यूटलाई कम्पनीको रुपमा दर्ता गरिने भएको छ ।

Esewa
Crest

इन्स्टिच्यूटमा प्रत्येक बिमा कम्पनीले दुई/दुई लाख रुपैयाँ लगानी गरेका छन् । बाँकी रकम समितिले लगानी गर्ने भएको छ । इन्स्टिच्यूट दर्ता प्रक्रिया पूरा नभएसम्म समिति समिति  कै अन्तर्गतकै संस्था बिमा प्रबर्दन समितिले तालिम प्रदान गर्नेछ । पहिलो चरणमा समितिले बिमा समितिमै नियूक्त भएका नयाँ कर्मचारीलाई तालिम दिने भएको छ ।

आगामी साउन ६ गतेदेखि बीमा तालिम इन्स्टिच्युट संचालनमा ल्याउने बीमा समितिले जनाएको छ । बीमा क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले उक्त इन्स्टिच्युट संचालन गर्न लागेको बीमा समितिले जनाएको छ , बीमा तालिमलाई नाफामुखि नबनाई सर्वसाधारणहरुलाई बढी मात्रामा सेवा प्रदान गर्ने गरी सेवामुखि बनाउने समेत बीम समिति श्रोतले जानकारी दिएको छ।  काठमाडौबाट सुरु हुने इन्स्टिच्यूटको शाखा पनि निकट भबिष्यमा काठमाडौँ बाहिर समेत सञ्चालन गरिने समितिको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS