IME Life New

खानेपानी आयोजनालाई लिएर धरानका निवर्तमान मेयरसँग हर्क सम्पाङले मागे ९ बुँदे स्पष्टीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानेपानी आयोजनालाई लिएर सुनसरीको धरान उपहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले निवर्तमान मेयर र उपमेयरसँग ९ बुँदे स्पष्टीकरण माग गरेका छन्।

निवर्तमान मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीका नाममा आज एक पत्र काट्दै मेयर सम्पाङले स्पष्टीकरण माग गरेका हुन्। एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोगमा नगरको खानेपानी समस्यालाई समाधान गर्नका लागि सम्झौता गरेबमोजिम खानेपानीको दीर्घकालीन समस्याको समाधान नै नभई पूर्ण रुपमा सफल नभएको आयोजना सफल भएको भनी निवर्तमान मेयर राई र उपमेयर सुवेदीको कार्यकालमा खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन वोर्डमा मर्ज गरी हालसम्म पनि नगरवासीहरुलाई उक्त आयोजनाबाट पानी उत्पादन गरी वितरण गर्न नसकेको पत्रमा उल्लेख छ। ‘उक्त आयोजना सञ्चालन हुँदा चरम लापरबाही तथा भष्ट्रचार भएको भनी जनगुनासो आएको छ’, पत्रमा भनिएको छ, ‘उक्त आयोजनाका विषय ९ वटा प्रश्नको जबाफ ७ दिनभित्रमा लिखित स्पष्ट पारिदिन हुन अनुरोध छ।’

Esewa
Crest

यस्ता छन् प्रश्न

  • एडीबीको ऋण लिने निर्णय कुन मितिमा को कस्ले गरेको हो ?
  • एडीबीबाट ऋण किन र कति ल्याएको हो ?
  • ल्याएको ऋण कति खानेपानी र अन्य कुनै शिर्षक भए ती शीर्षकमा खर्च गरिएको हो ?
  • एडीबीको प्रोजेक्ट चालु कहिलेदेखि भएको हो ?
  • तत्कालीन बोर्ड गठन हुँदा के–कस्ता प्रावधानलाई पूरा गरी गठन भएको थियो र सदस्यहरु थपिँदा के–कसरी थपिएका थिए ?
  • आईयूडीपी खानेपानी आयोजनाले सम्झौताअनुसार दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने सर्तानुसार उत्पादन गर्न नसकेको तथ्यलाई लुकाएर आयोजनालाई जिम्मा लिनुपर्ने कारण के थियो ?
  • आयोजना जिम्मा लिनुअघि निर्माण कम्पनीको तिनपर्ने ऋण किन चुक्ता नगरेको ?
  • आयोजना निर्माणको अवधिमा गुणस्तरसम्बन्धी के–कस्ता र कति मापदण्ड पूरा गरिएका थिए जानेजति प्रस्टाइदिन हुन् ।
  • पाइप विस्तारकार्य गराउँदा मूल निर्माण समितिले नै गरेको थियो या अन्यले गरेको थियो ? अन्य पेटी ठेकेदारले गरेका थिए भने कुन–कुन ठेकेदारले के–कति कारणले गरेका थिए ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS