IME Life New

खानीखोला हाइड्रोपावरले डाक्यो एकैपटक २ आर्थिक वर्षको वार्षिक साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते आर्थिक वर्ष २०७८/७९ र २०७९/८०को क्रमशः दसौँ र एघारौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित धुम्र बाराह पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

नियमावलीको नियम ७ मा हकप्रद शेयरसम्बन्धी व्यवस्था थप गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ। सभाले उक्त दुवै आर्थिक वर्षको वार्षिक र वित्तीय प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधाराणसभाका लागि कम्पनीले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २२ गतेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS