IME Life New

क्रेडिट रेटिङकाे खाँचाे रहेकाे नेपाल पुनर्बीमा कम्पनीले लियाे आइएसओ प्रमाण पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीले आइएसओ प्रमाण पत्र प्राप्त गरेकाे छ। आन्तरिक व्यवस्थापन प्रकृयालाई उचित ढंगबाट दस्तावेजीकरण गरेकाले कम्पनीले आइएसओ ९००१:२०१५ प्रमाण पत्र प्राप्त गरेकाे हाे ।

याे प्रमाण पत्र प्राप्त गर्नका लागी विभिन्न मापदण्ड पुरा गर्नुका साथै प्रमाण पत्रका लागी दर्ताशुल्क वापतकाे रकम समेत भुक्तानी गर्नुपर्छ। याे प्रमाण पत्रले कम्पनीकाे व्यवसाय प्रवर्द्धनमा कुनै प्रत्यक्ष याेगदान पुर्‍याउँदैन । यसले कम्पनीकाे आन्तरिक व्यवस्थापन र सेवा प्रवाहमा पूर्वनिर्धारित प्रकृयाहरु प्रभावकारिताका साथ अपनाइएकाे स‌ंकेत मात्र गर्छ।

Esewa
Crest

नेपाल पुनर्बीमाका लागी खस्किंदाे बजार हिस्सा जाेगाउन र विदेशी बजारमा व्यापार बिस्तार गर्नका लागी अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ अत्यन्त जरूरी छ। निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सले एक वर्षकै अवधिमा दुई पटक अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ सम्पन्न गराएर प्रमाण पत्र लिइसक्दा समेत नेपाल पुनर्बीमा कम्पनीले अझैसम्म पनि क्रेडिट रेटिङ गराउन सकेकाे छैन । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङका लागी पुनर्बीमाले हालै मात्र प्रस्ताव आह्वान गरेकाे छ।

क्रेडिट रेटिङले कम्पनीकाे वित्तीय सबलता, जाेखिम बहन क्षमता र समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमताबारे तथ्यांक आधारित विश्लेषण प्रस्तुत गर्ने भएकाले कुनै पनि कम्पनीकाे विश्वसनीयताका लागी उच्च श्रेणीको क्रेडिट रेटिङ आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS