IME Life New

क्रिकेट विश्वकप लिग २ को प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमले बिहिबारदेखि हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ का खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

यो सिरिज फेब्रुअरी १५ बाट सुरु हुदै छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डिसहोम एक्सन स्पोर्टस ज्म्ज्ञ ले विहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने भएको हो । यस सिरिजमा तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।

Esewa
Crest

कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेब्रुअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फुब्रुअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रुअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फुब्रुअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् ।

उक्त सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ । लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग विहीबार १५ फेब्रुअरीमा खेल्ने छ । सबै खेल विहान सवा ९ बजेदेखि सुरुहुने छ । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS