IME Life New

कृषि विकास बैंकद्धारा महिला वातावरण संरक्षण समिति र गणेश युवा क्लबलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृषि विकास बैंकले महिला वातावरण संरक्षण समिति र गणेश युवाक्लब ललितपुरलाई संयुक्त रुपमा एक सय थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत उक्त सामाग्रि वितरण गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफ्नो नगररटोललाई सफा बनाउने दायित्व सम्बन्धित ठाउँका नागरिकको भएकाले आफ्नो घरवरीपरी सफा राख्नुपर्ने बताउनु भयो ।

Esewa
Crest

कार्यक्रममा सिईओ उपाध्यायले जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे । उनले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धीका लागि स्थापना भएको कृषि विकास बैंकले अहिले आधुनिक प्रविधि मार्फट कुल जनसंख्याको २५ प्रतिशत नागरिकलाई सेवा दिइरहेको जानकारी दिए ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा महिला वातवरण संरक्षण समितिका अध्यक्ष विष्णु थकालिले वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवन संगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा सञ्चालन गर्न बैंकले गरेको सहयोगको प्रसंशा गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS