IME Life New

कृषि बीमाको रियल टाइम सफ्टवेयरको उद्घाटन, अब सबै प्रक्रिया एउटै प्लेटफर्ममार्फत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि बीमाको रियल टाइम सफ्टवेयरको आज उद्घाटन गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री रामनाथ अधिकारीले उक्त सफ्टवेयरको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा मन्त्री अधिकारीले किसानलाई उक्त सफ्टवेयरमार्फत बीमालेख जारी गरी हस्तान्तरण गरेका थिए।

मन्त्रालय र बीमा प्राधिकरणको सक्रियतामा यो सफ्टवेयर निर्माण गरिएको हो। कार्यक्रममा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले सफ्टवेयरका विषयमा प्रस्तुतीकरण गरेका थिए।

Crest

प्राधिकरणका प्रवक्ता सुशीलदेव पन्तले रियल टाइम सफ्टवेयर उद्घाटन भएसँगै अब कृषि बीमाको सबै काम र प्रक्रिया एउटै प्लेटफर्मबाट हुने बताए। ‘अब कृषि बीमालेख जारी, अन्डरराइटिङ, दाबी भुक्तानीलगायतका सबै काम उक्त सफ्टवेयरबाट हुनेछ’, उनले भने।

कृषि मन्त्रालयले १०० दिनको कार्यप्रगतिअन्तर्गत कृषि बीमाको रियल टाइम सफ्टवेयर ल्याएको हो।

यो सफ्टवेयर सञ्चालनमा ल्याउनुअघि बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता भई कार्य गर्न चाहनेलाई प्राधिकरणमा सूचीकरण हुन आह्वान गरेको थियो। प्राधिकरणमा सूचीकृत भएका अभिकर्ताले मात्रै कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता भई कार्य गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS