IME Life New

कृति भेन्चर फण्डले आइपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृति भेन्चर फण्डले जेठ ८ गते सातौं वार्षिक साधारण सभा गर्ने भको छ । सभा टिम कर्पोरेट सेन्टर गैरिगाउँ काठमाडौंमा दिउँसो ४ बजे गर्ने जनाएको छ । कम्पनीको वैशाख ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बारे । (प्रस्तावित वोनस शेयरको कर प्रयोजनार्थ), संचालक समिति सदस्य नियुक्ती सम्बन्धी मिति २०८०/०५/०५ गते संचालक समितिबाट भएको निर्णयलाई अनुमोदन गर्ने छ ।

सभाले बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने, सर्वसाधारणलाई साधारण शेयरको प्राथमिक सार्वजनिक निष्काशन जारी गर्ने, सर्वसाधारणलाई साधारण प्राथमिक सार्वजनिक निष्काशन जारी गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनको लागि संचालक समितिलाई अख्तियारी दिने, कम्पनी गाभ्नेरगाभिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS