IME Life New

कुमारी बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

Crest

इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको म्यादभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय वा काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले स्पष्ट पारेको छ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरु खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS