IME Life New
GBIME

कुमारी बैंकको करिब साढे २२ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको करिब साढे २२ लाख कित्ता शेयर आज मंसिर १९ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको २२ लख ४३ हजार ७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा इच्छुक योगय जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पुस ३ गतेसम्म काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीले बोलपत्र पेस गर्दा न्यूनतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण शेयर खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS