IME Life New

कुमारी बैंकका ग्राहकले दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा विशेष छुट पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआर बाट भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

Crest

विगत २३ बर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS