IME Life New

कुन दलबाट को भए मन्त्री ? साँझ ५ बजे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता गठबन्धन दलहरुबाट मन्त्री बनेकाहरुको सपथ आज साँझ ५ बजे हुने भएको छ। सत्ता गठबन्धन दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बन्नेहरुको नाम टुंगिसकेको छ। उनीहरुको सपथ राष्ट्रपति कार्यालयमा आज साँझ हुनेछ।

एमालेले ८ वटा, माओवादी केन्द्रले ५ वटा, रास्वपाले ४ वटा मन्त्रालय पाएका छन्।  एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, राजेन्द्रकुमार राई भूमि व्यवस्था तथा सहकारी, पदम गिरी कानुन, न्याय तथा संसदीय व्यवस्था, बलराम अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, हरि उप्रेती रक्षा र ज्वालाकुमारी साह कृषिमन्त्री बन्ने भएका छन्।

Esewa
Crest

यसैगरी माओवादी केन्द्र नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्तिबहादुर बस्नेत ऊर्जा तथा सिँचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, हितबहादुर तामाङ संस्कृति र पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दैछन्।

रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, सुमना श्रेष्ठ शिक्षा तथा विज्ञान, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन्।

गठबन्धनमा सहभागी जसपाले मन्त्रीहरुको नाम टुंग्याएको छैन। नेकपा (एकीकृत समाजवादी)ले २ वटा मन्त्रालय पाए पनि मन्त्री हुने नाम पठाएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS