IME Life New

किन घटेन ब्रोकर कमिसन ? यसो भन्छ धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । शेयर बजारका लगानीकर्ताले वर्षौंदेखि ब्रोकर लिने कमिसन घटाउन माग गर्दै आएका छन्। लगानीकर्ताले चर्को विरोध गरेपछि बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पनि ब्रोकर कमिसन घटाउने निर्णय गर्दै स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो। तर, लामो समय भइसक्दा पनि ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन।

धितोपत्र बोर्डले गत कात्तिक १ गते शेयर कारोबारबापत लगानीकर्ताबाट ब्रोकर र आफूले लिँदै आएको कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले स्वीकृति नदिएकै कारण धितोपत्र बोर्डको यो निर्णय ४ महिनाभन्दा बढी समयदेखि कार्यान्वयनमा आउन सकेको छैन।

Esewa
Crest

त्यसो त धितोपत्र बोर्डले कमिसन घटाउने निर्णय गर्दा त्यतिबेला ब्रोकरहरुले विरोध गरेका थिए। उनीहरुले आफूहरुसँग छलफल नै नगरी धितोपत्र बोर्डले आफूखुसी ब्रोकर कमिसन घटाएको आरोप लगाएका थिए।

धितोपत्र बोर्डले भने एउटा कमिटी नै गठन गरेर ब्रोकर र आफूहरुले कमिसनका विषयमा अध्ययन गरेको थियो। सोही कमिटीको सिफारिसका आधारमा धितोपत्र बोर्डले कमिसन घटाउने निर्णय गरेको थियो।

धितोपत्र बोर्डका प्रवक्ता डा. मुक्तिनाथ श्रेष्ठले धितोपत्र बोर्डले अर्थ मन्त्रालयले ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णयमा कुनै प्रतिक्रिया नपठाएको बताए। ‘हामीले निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएका थियौँ तर उतैबाट कुनै प्रतिक्रिया आएको छैन’, उनले भने, ‘मन्त्रालयबाट स्वीकृत भएर आएपछि धितोपत्र बोर्डले नियमावलीमा संशोधन गरेर कार्यान्वयनमा ल्याउने हो।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

14%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

71%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS