IME Life New

कालिका पावर कम्पनीको लाभांश घोषणा, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका पावर कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७९ करोड ३५ लाख रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने ७ करोड ९३ लाख ५० हजार रुपैयाँको बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने ४१ लाख ७६ हजार ३१६ रुपैयाँ नगद लाभांश रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले चितवनको भरतपुर–१० स्थित दियालो फुडल्यान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले ग्लासियर हाइड्रो प्रालिअन्तर्गतको गोरखा जिल्लास्थित दरौँदी खोलामा प्रस्तावित माथिल्ला दरौदी बी साना जलविद्युत आयोजना (८.३ मे.वा.) र माथिल्लो दरौदी सी साना जलविद्युत आयोजना (९.८२ मे.वा.) मा लगानी गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS