IME Life New

कालंगा हाइड्रोले ४९ करोडको आइपीओ ल्याउने, शेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि ४९ करोड रुपैयाँबराबरको आइपीओ ल्याउने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो।

कुल कित्तामध्ये ३४ लाख ९० हजार कित्ता साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ । यससम्बन्धी सम्झौता बिहीबार जयोति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच भएको छ ।

Esewa
Crest

ललितपुरको धोबीघाटस्थित कालंगा हाइड्रोको कार्यालयमा भएको कार्यक्रममा कालंगा हाइड्रोका तर्फबाट सञ्चालक तीर्थराज चटौत र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन्।

ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेको ज्योति क्यापिटलको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS