IME Life New

कारोबारको ६ दिनमै सर्वोत्तम सिमेन्ट बन्यो नेप्सेमा १२औँ ठूलो कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार ६ कारोबार दिनमा पनि सर्वोत्तम सिमेन्टको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट १२ औँ ठूलो कम्पनी बन्न पुगेको छ।

आज यो कम्पनीको बजार पुँजीकरण ४५ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ रहेको छ। नेप्सेको कुल बजार पुँजीकरणमा यो कम्पनीको हिस्सा १.४२ प्रतिशत हिस्सा रहेको छ।

Esewa
Crest

पहिलो दिन प्रतिकित्ता ५५६ रुपैयाँमा कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयरभाउ आज प्रतिकित्ता ९८४ रुपैयाँ पुगेको छ। आज यो कम्पनीको शेयरभाउमा १० प्रतिशत ९९.५० रुपैयाँले बढेको छ।

सर्वसाधारणले सर्वोत्तम सिमेन्टको आइपीओ प्रतिकित्ता ३६०.९० रुपैयाँमा किनेका थिए। आजको शेयरभाउसँग तुलना गर्ने हो भने यो कम्पनीको शेयरले लगानीकर्तालाई ६ दिनमै १७० प्रतिशतभन्दा बढी रिटर्न दिइसकेको छ।

बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ। नेप्सेको कुल बजार पुँजीकरणमा नेपाल टेलिकमको हिस्सा ४.७२ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS