IME Life New

कामना सेवा विकास बैंकले ९ महिनामा कस्तो गर्यो प्रगति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफामा  ७ प्रतिशतको कमी आउँदै २१ करोड २१ लाख पुगेको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले २२ करोड ८१ लाख खुद नाफा गरेको थियो।

Esewa
Crest

प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी २२ प्रतिशतले वृद्धि हुँदै ५९ करोड ९४ लाख पुगेको छ। कम्पनीको राईट व्याक ८६ प्रतिशतले कमी आउंदै १९ लाख २२ हजार रहेको र प्रोभिजन गर्नु पर्ने रकममा आएको ३६ प्रतिशतको वृद्धिले गर्दा कम्पनीको खुद नाफामा गिरावट देखिएको हो। तेश्रो त्रैमास सम्म कम्पनीले ७ करोड ८४ लाख रकम प्रोभिजन गरेको छ। आर्थिक वर्ष ७४/७५ को तेश्रो त्रैमास सम्म कम्पनीले ५ करोड ७७ लाख रुपैया प्रभिजन गरेको थियो।
खुद नाफा गिरावट संगै कम्पनीको प्रति शेयर आम्दानी घटेर ११ रुपैयाँ ३० पैसा पुगेको छ।

निक्षेप संकलन ४१ प्रतिशतले वृद्धि हुँदै २० अर्ब २७ करोड पुगेको छ भने कर्जा प्रवाह ३७ प्रतिशतले वृद्धि गर्दै १७ अर्ब ९० करोड पुगेको छ।

कम्पनीले चुक्ता पुँजी २ अर्ब ५० करोड छ भने जगेडा कोषमा १ अर्ब १२ करोड संचित छ। जगेडा कोष ६ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले आफ्नो बेस रेट ( आधार व्याज दर )मा ४ प्रतिशतको कमी ल्याउन सफल भएको छ। कम्पनीको आधार व्याज दर ११ दशमलव ६५ प्रतिशत छ। दोश्रो बजारमा कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ४५ गुणा छ भने किताबी मूल्य १४५ रुपैया ०४ पैसा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS