IME Life New

कामना सेवा विकास बैंकद्धारा सहयोग तथा चेक हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सहयोग गरेको छ ।

Esewa
Crest

बैंकले रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेको छ । यस्तै बैंकले सिद्धार्थनगर नगरपालिकामा सि सि क्यामेरा जडानका लागि सि सि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले ३५ हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरेको थियो ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई र ९ हजार ६ सय सात रुपैयाँ र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७ हजार ८ सय १९ रुपैयाँ स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS