IME Life New

कामना सेवाको एकै दिन दुई नयाँ शाखा बिस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले प्रदेश नं. १ को मोरङ जिल्लाको मिक्लाजुङ्ग गाउँपालिका वडा न. ०९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा ९० औँ र ९१ औँ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईले संयुक्त रुपमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ गरेका हुन् ।

Esewa
Crest

सोही क्रममा संचालक देव कृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको बताए ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ९१ वटा शाखा कार्यालयहरु तथा ४० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

साथै बैंकले एबिबिएस, ईन्टरनेट बैन्किङ्ग, मोबाईल बैन्किङ्ग, सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS