IME Life New

काठमाडौंका यी स्थानमा भोलि विद्युत आपूर्ति ४ घन्टा अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको केही स्थानमा भोलि (मंसिर १४ गते) विद्युत आपूर्ति ४ घन्टाका लागि अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गर्दै टेकु चःमती फिडर र टेकु ताहाचल फिडरअन्तर्गतका क्षेत्रहरुमा भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो। जसअनुसार टेकु चःमती फिडरअन्तर्गतका कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चःमती, भगवान पाउ, डल्लु आवास र जनसेवा मार्ग क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।

Esewa
Crest

त्यसैगरी टेकु ताहाचल फिडरअन्तर्गतका कालीमाटी, काराखुसी, कालीमाटीचोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्युमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिरहेको छ। टेकु सबस्टेसनमा दोस्रो १ थान १३२÷११ केभी, ४५ एमपीए ट्रान्सफर्मर चार्ज गर्न फाउन्डेसन निर्माण कार्य भइरहेको छ। त्यहाँ रहेको ११ केभी हटाउने कार्यका लागि लाइन सटडाउन गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ।

निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएमा विद्युत आपूर्ति सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS