IME Life New

काठमाडौंका यी स्थानमा फागुन २२ गतेसम्म दैनिक ४ घन्टा विद्युत आपूर्ति बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज फागुन १६ गतेदेखि फागुन २२ गतेसम्म दैनिक ४ घन्टा विद्युत आपूर्ति बन्द रहने भएको छ।

नेपाल विद्युत प्राधिकरण आज एक सूचना प्रकाशित गरी काठमाडौंको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको प्रणालीमा विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने जानकारी गराएको हो। ती स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने सूचनामा उल्लेख छ।

Esewa
Crest

प्राधिकरणका अनुसार आज बुधबार महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध रहनेछ। भोलि फागुन १७ गते सामुखुसी र गोंगबु फिडरअन्तर्गतका गोंगबु, सामाखुसी र टाउन प्लानिङ क्षेत्रमा बत्ती जानेछ।

यसैगरी फागुन १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने सूचनामा जनाइएको छ। फागुन १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहालगौंडासम्मको क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ।

त्यस्तै फागुन २० गते एभरेस्ट बैंकहुँदै लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्रमा, फागुन २१ गते गोल्फुटार पेट्रोलपम्पदेखि बसुन्धरा क्षेत्रसम्म र फागुन २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने सूचनामा उल्लेख छ। मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS