IME Life New

काठमाडौंका यी क्षेत्रमा आज ४ घन्टा विद्युत अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका विभिन्न स्थानमा आज शनिबार ४ घन्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले आज सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो। प्राधिकरणका अनुसार उक्त फिडरअन्तर्गत पर्ने भंगाल, बिजुली भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारी, गणेशचोक, स्पेसलचोकलगायतका स्थानमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली अवरुद्ध हुनेछ।

Esewa
Crest

ती क्षेत्रमा बिजुलीको भूमिगत प्रसारण लाइनको काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित समयअगावै काम सकिएमा अगाडि नै विद्युत आपूर्ति सुचारु गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS