IME Life New

कहिँ नभएको जात्रा नेपाल लाइफमा, इन्सेन्टिभ रकम ५ महिनापछि कर्मचारीको तलबबाट कट्टा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशनलाई समेत नमान्ने कुनै कम्पनी छ भने त्यो हो नेपाल लाइफ इन्स्योरेन्स ! कहिँ नभएको जात्रा हाँडी गाउँमा भने झैं यहीँ इन्स्योरेन्समा भएको छ। कर्मचारीको कार्य सम्पादनका आधारमा वितरित प्रोत्साहन रकम ५ महिनापछि फिर्ता लिएको छ। हो, असार महिनामा भुक्तानी गरिएको प्रोत्साहनवापतको रकम कात्तिक महिनामा फिर्ता लिएको हो ।

नेपाल लाइफको व्यवस्थापनले सञ्चालक समितिको स्वीकृती लिएर २०७९/८० को असार मसान्तमा व्यवसायीक लक्ष्य पुरा गर्ने कर्मचारीका लागि इन्सेन्टिभको घोषणा गरेको थियो । तलब सुविधाका अतिरिक्त प्रोत्साहन भत्ता समेत पाइने भएपछि कर्मचारीले ऋण काढेरै भएपनि आफूलाई दिइएको लक्ष्य पुरा गरे । लक्ष्य पुरा गरेपछि कम्पनीले नियमानुसारको कर कट्टी गरेर सम्बन्धित कर्मचारीको बै‌ंक खातामा प्रोत्साहन भत्तावापतको रकम पनि जम्मा गरिदियो । विभिन्न कर्जाको भारले थिचिएका कर्मचारीलाई प्रोत्साहनवापत प्राप्त रकमले घर व्यवहार चलाउन सहज बनायो, उनीहरू खुशी पनि भए ।

Esewa
Crest

चाडपर्वका बेला तलब कट्टा गरिदिएपछि व्यवहार मिलाउन नै गाह्रो भयो,पीडित कर्मचारीले इन्स्योरेन्स खबरसँग गुनासो गर्दै भने, पैसा हाल्ने बेलामा एचआरले के आधारमा आदेश दियो, लेखाले किन पैसा पठायो ?

पीडित कर्मचारीहरुका अनुसार शाखा कार्यालयमा बीमालेख बिक्रीको जिम्मेवारीमा रहेका कर्मचारीमध्ये अधिका‌ंशको टाउकोमा ऋण भार छ । त्यसैले तिनको नियमानुसारको कर कट्टी, कर्मचारी संञ्चय कोष र नागरिक लगानी कोषको योगदानवापतको रकम, ऋणको मासिक किस्ता रकम कट्टा गरेपछि कार्यालय सहयोगीको तलबभन्दा पनि थोरै रकम मात्र हात पर्ने गरेको छ। यस्तो अवस्थामा कम्पनीले घोषणा गर्ने कार्य सम्पादन प्रोत्साहनवापतको रकमले घर व्यवहार मिलाउन थोरै भएपनि सहज हुन्छ। खातामा भएको पैसा खर्चिएको ६ महिनापछि सबै पैसा कम्पनीले फिर्ता लिई दिएपछि सम्बन्धित कर्मचारीको खातामा चानचुन पैसा मात्र भुक्तानी भएको थियो ।

तपाईको खातामा बढी पैसा गएको भन्दै मानव संशाधन विभागले ६३  कर्मचारीलाई फोन गरेकोमा २ कर्मचारीले मात्र आफूसँग खातामा पैसा भएको र रकम फिर्ता हाल्छु भन्ने प्रतिकृया दिएका थिए, बाँकी सबैले आक्रोशित हुँदै विभागका कर्मचारीलाई हप्काएका थिए ।

प्रोत्साहन रकम भुक्तानी दि‌ंदा नेपाल लाइफले कर समेत कट्टा गरेको थियो । अहिले प्रोत्साहनवापतको रकम फिर्ता लि‌ंदा कर सहितको रकम फिर्ता लिई दिएपछि कर्मचारीले ठगिएको महशुस गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्त अधिकृतसमेत नाै‌ जना चार्टर्ड अकाउण्टेण्ट जागिरे छन् । कर्मचारीको मासिक तलब भत्ता लगायतको विवरण मानव संशाधन विभागले तयार पारेर लेखा वित्त विभागलाई उपलब्ध गराउँछ । त्यसपछि वित्त विभागले नियमित तलब बाहेकका थप रकमहरु नियम स‌ंगत छ की छैन भन्ने यकीन गरेपछि बल्ल सम्बन्धित कर्मचारीको बै‌ंक खातामा रकम भुक्तानी गरिदिन बैंकलाई आदेश दिन्छ।

प्रोत्साहन भत्तावापतको रकम वितरणमा लापरवाही भएको भन्दै सञ्चालक समितिले हप्काएपछि व्यवस्थापनले मानव स‌ंशाधन विभाग र लेखा विभागसँग सोधपुछ गरेको थियो । प्रतिकृयामा दुबै विभागले एक अर्का प्रति औंला ठड्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

8%
sad

दु :खी

13%
amazed

अचम्मित

17%
excited

उत्साहित

46%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS