IME Life New

कर्मचारी सञ्चय कोषका संचयकर्ताले चार सय बीस रुपैयाँमा १० लाख सम्मको स्वास्थ्य बीमा सुविधा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुको लागि स्वास्थ्य बीमा सुबिधा उपलब्ध गराउने भएको छ। साधारण औषधोपचारको लागि एक लाख रुपैयाँ र घातक रोगको उपचार (नेपाल सरकारले तोकेका) को लागि १० लाख रुपैयाँसम्मको बीमा हुने भएको छ।

यो सुबिधा मंसिर १ गतेदेखि लागु हुनेछ, कोषले राष्ट्रिय बीमा कम्पनीमार्फत स्वास्थ्य बीमा सुबिधा उपलब्ध गराउने भएको हो। अतिरिक्त उमेर हद वा पदावधिका कारणले पदमुक्त भर्इ सो मितिले ६ वर्षसम्म कोषबाट रकम भुक्तानी नलिएका सञ्चयकर्ताले पनि यो सुविधा पाउने सञ्चय कोषले जनाएको छ।

Esewa
Crest

स्वास्थ्य बीमाको लागि कोषले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी संग सम्झौता गरेको छ, सम्झौतापत्रमा कोषको तर्फवाट प्रशासक तुलसी प्रसाद गौतम र बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर विक्रम रायमाझीले हस्ताक्षर गरे, सम्झौता अबधि तीन वर्षसम्म कायम हुने कोषले जनाएको छ। तीन वर्षपछि कम्पनीको प्रस्तुति तथा यस कार्यक्रमको प्रभावकारिता हेरेर निरन्तरता दिने गौतमले जानकारी दिए।

संचयकर्ताको स्वास्थ्य बीमा गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको छ, सम्झौता अनुरुप स्वास्थ्य बीमाको लागि कोषले वार्षिक रुपमा प्रति सञ्चयकर्ता ४२० रुपैयाँको दरले बीमा शुल्क भुक्तानी लिनेछ। यस बापत सुरुमा कोषले राष्ट्रिय बीमा कम्पनीलार्इ एकमुष्ट रुपमा २५ करोड २० लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नेछ। यदि अवकास प्राप्त सञ्चयकर्ताले यस बीमा कार्यक्रमलार्इ निरन्तरता दिन चाहेमा वार्षिक ४२० रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्ने छ ।

यो बीमा लेख जारी भएको तीस दिनभित्र दुर्घटना बाहेक साधारण औषधोपचार र घातक रोगको हकमा ९० दिन प्रतिक्षा अवधि तोकिएको छ। यस अवधिमा बीमा सुविधा प्राप्त गर्न सकिँदैन। तर यो बीमा लेख नविकरण गर्दाको वेलामा प्रतिक्षा अवधि लागु हुने छैन।

बिरामी सञ्चयकर्ताले नेपालका जुनसुकै अनुमति प्राप्त अस्पताल, स्वस्थ्य चौकि, नर्सिङ होम लगायतका स्थानबाट उपचार गराउँदा दाबी भुक्तानी पाउने छन्। तर सामान्य औषधी पसलबाट लिइएको स्वस्थ्य सुविधाको भने दाबी भुक्तानी पाउने छैनन्। दाबीको लागि अस्पतालबाट डिस्चार्ज भएको ३५ दिन र बिरामी भएको ६० दिन भित्रमा बीमा कम्पनीमा सम्पर्क गर्नु पर्नेछ। यसमा सञ्चयकर्ताले सञ्चय कोषबाट आफु सञ्चयकर्ता भएको प्रमाणित गराइ पेश गर्नु पर्ने हुन्छ। कम्पनीले पनि बिमितिले आवस्यक कागजपत्र बुझाएको मितिले १५ देखि ४५ दिन भित्रमा दाबी भुक्तानी गरिसक्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS