IME Life New

कम्पनी ६ अर्ब सञ्चित घाटामा, बोर्ड पदाधिकारीको जम्बो टोली भने अस्ट्रेलिया भ्रमणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी ६ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ। सर्वसाधारणलाई शेयर बिक्री गरेर रकम उठाएको यो कम्पनी ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना बनाएको पब्लिक कम्पनी हो।

अघिल्लो आर्थिक वर्ष २०७९/८० सम्मको यो कम्पनी ७ अर्ब २४ करोड रुपैयाँ सञ्चित नोक्सानीमा थियो। चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको सञ्चित नोक्सानी बढ्दा प्रतिसेयर नेटवर्थ ३१.५६ रुपैयाँमा झरेको थियो।

Esewa
Crest

गत आर्थिक वर्षमा कम्पनी ४ अर्ब ८ करोड ९२ लाख रुपैयाँले घाटामा रहेको थियो। विद्युत बिक्रीबाट ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ आम्दानी गरे पनि आयोजना निर्माणको ढिलाइका कारण लागत बढ्दा कम्पनीले लगानीकर्तालाई प्रतिफल दिन सकेको छैन।

चालु आर्थिक वर्ष पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ७१ करोड ५८ लाख आम्दानी गरेको थियो। अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५६ करोड १८ लाखको विद्युत बिक्री गरेको थियो। असोजसम्म कम्पनीको सञ्चित घाटा ६ अर्ब २४ करोड १० लाखमा झरेको छ।

लगानीकर्ता प्रतिफल दिन नसकिरहेकै अवस्थामा कम्पनी सञ्चालक समितिका पदाधिकारीहरुको ९ जनाको जम्बो टोली भने शनिबार अस्ट्रेलिया भ्रमणमा निस्केका छन्।

भ्रमण टोलीमा सञ्चालक समितिका वैकल्पिक सदस्य रहेका कर्मचारी सञ्चय कोषका कायम मुकायम मुख्य प्रबन्धक दर्शन भट्टराईसहित सदस्यहरु विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरु रामजी भण्डारी, लोकहरि लुइँटेल र मदन तिम्सिना, सिर्जना सुवेदी, हरिप्रसाद भुर्तेल र दीपक कार्की तथा स्थायी आमन्त्रित सदस्य राष्ट्रिय बीमा संस्थानका व्यवस्थापक भोलानाथ घिमिरे र नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल छन्।

यो भ्रमणका लागि सञ्चालक समितिले वार्षिक बजेटबाटै भ्रमणको बजेट स्वीकृत गरेको थियो। कम्पनीका पदाधिकारीहरु रिफ्रेसमेन्ट भ्रमणका क्रममा अस्ट्रेलिया निस्केको स्रोत बताउँछ। ‘भ्रमण खर्च करिब ५० लाख छुट्याइएको छ। यो रकम कम्पनीले नै खर्च गर्छ’, स्रोतले भन्यो, ‘करिब १० दिनको भ्रमणपछि पदाधिकारीहरु नेपाल फर्किनेछन्।’

कम्पनीको सञ्चालक समिति अध्यक्ष रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सदस्य नेपाल टेकिलमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी र राजन श्रेष्ठ भने अस्ट्रेलिया गएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS