IME Life New

कपोकल्पित समाचार बनाउन लगाउने र बनाउनेविरुद्ध कारबाहीका लागि पहल थालेका छौँँ: यशोदा फुड्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यशोदा फुड्सले आफ्नो उद्योगप्रति लक्षित गर्दै कपोकल्पित समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेविरुद्ध कानुनी उपचार खोज्ने जनाएको छ।

कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो। ‘उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरुप्रति उद्योग सजग रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोकल्पित समाचार बनाएको पाइएकोप्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुराहरुको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत सादर अपिल गर्दछौँ ।’

Esewa
Crest

देशमा बेरोजगारी बढिरहेको अवस्थामा हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रोजगारी, करोडौं विदेशी मुद्रा आर्जन गर्ने, सराकारलाई राजस्वमा करोडौंको योगदान गर्ने र नेपाली कृषि उपजको सदुपयोग गरी उत्पादन तयार गर्ने, समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने गरेको कम्पनीले दाबी गरेको छ। ‘यस उद्योगलाई निहीत स्वार्थ पूरा गर्न अनावश्यक दुख दिने नियतले केही तत्वहरुले स्वार्थी तत्वहरुलाई प्रयोग गरी कपोलकल्पीत समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेहरु विरुद्ध प्रचलित साइबर कानुनलगायतका प्रचलित नेपाल कानुनबमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइसकेको छ’, विज्ञप्तिमा भनिएको छ।

विदेशी चाउचाउ पैठारीमा राज्यको अर्बौं रुपैयाँ विदेशिएको अवस्थामा आफ्नै देशमा नेपाली किसान दाजुभाइ तथा दिदिबहिनीहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउलगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठुलो धनराशी विदेश जानबाट रोक्नुका साथै करीव १ हजार नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई प्रत्क्षय रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत अन्य हजारौं नेपालीहरुलाई रोजगारी दिलाउन सफल यशोदा फुड्सको भनाइ छ। ‘यहाँबाट उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा समेत निर्यात भई उपभोक्ताको रोजाईमा परेको र विदेशमा समेत ख्याती कमाउँदै हरेक नेपालीहरुको जिब्रोमा बस्न सफल यशोदा फुड्सका उत्पादनहरु प्रयोगशाला परिक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्डबमोजिम उत्पादन गरी बजारमा पठाइरहेको छौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, ६० करोड नेपाली रुपैया भन्दा बढीका उत्पादन चालु वर्षमा विभिन्न देशमा निर्यात गरी सो बराबरको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको छ ।’

यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाइ आएको व्यहोरा अनुरोध गर्दै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र कुनै कपोकल्पित फन्डा तयार गरी आमउपभोक्ताको भावनामा माथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरुप्रति सचेत रहेको आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS