IME Life New

कनेक्ट आइपीएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम रु १० हजार सम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नेछन् । यो अफर कनेक्ट आइपीएसबाट बैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आइपीएसको आधिकारिक वेबसाईटमा बिजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने छ ।

अभिभावकहरु तथा विद्यार्थीहरुलाई कनेक्ट आइपीएस मार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुनेछ । कनेक्ट आइपीएसबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिनेछ । भुक्तानीकर्ताले कनेक्ट आइपीएसको वेब वा एपमा लग इन गरी क्रेडिटर पेमेन्ट अन्तर्गत एजुकेशनलमा क्लिक गरी स्कुलमा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

Esewa
Crest

साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आइपीएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्छन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिनेछ ।

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS