IME Life New

नेपाल रिको ७ लाख कित्ता शेयर बिक्री गर्दै विशाल ग्रुप, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को ७ लाख कित्ता शेयर आज भदौ ५ गतेबाट बिक्रीमा राखिएको छ।

विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल रिको ७ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि असोज ८ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS