IME Life New
GBIME

एलन मस्कले ४४ अर्ब डलरमा किनेको ट्विटर ९.७४ अर्ब डलरमा बेच्न प्रस्ताव

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओपनएआईमा मुद्दा दायरपछि विश्वकै धनीव्यक्ति एलन मस्क अब त्यसलाई किन्न कोसिस गर्दैछन्। मस्क ओपनएआईको संस्थापक टोलीको एक हिस्सा थिए। तर, उनले ओपनएआईसँग लामो समयअघि नै सम्बन्ध तोडेका थिए। च्याटजीपीटी लोकप्रिय भएपछि मस्कले ओपनएआईको नियन्त्रण पुनः प्राप्त गर्न कोसिस गर्दैछ।

पछिल्लो रिपोर्टका अनुसार एलन मस्कले लगानीकर्ताको समूहसँग ओपनएआई सीईओ साम अल्टम्यानलाई ९७ अर्ब डलरको प्रस्ताव गरेका थिए। तर, ओल्टम्यानले यो प्रस्ताव अस्वीकार गरेका छन्। यसको मतलब उनी ओपनएआई बेच्न तयार छैनन्।

Crest

वाल स्ट्रिट जर्नलका अनुसार मस्क र उनको लगानी समूहले ओपनएआईको बोर्डलाई आधिकारिक रुपमा यो प्रस्ताव दिएको थियो। उनको उद्देश्य कम्पनीको नियन्त्रण लिने र यसलाई गैरमुनाफा कम्पनी बनाउने थियो।

मस्कका वकिल मार्क टोबेरोफले भने, ‘यदि साम अल्टम्यान र हालको बोर्ड ओपनएआईलाई पूर्ण रुपमा नाफामुखी कम्पनी बनाउन चाहन्छन् भने त्यस्ता प्रविधि त्याग्दा परोपकारी संस्थालाई उचित क्षतिपूर्ति दिनु महत्वपूर्ण छ।’

जबाफमा साम अल्टम्यानले ‘एक्स’मा पोस्ट गरेका छन्। पोस्टमा उनले लेखेका छन्, ‘म धन्यवाद दिन चाहन्छु। तर, यो कम्पनी बेचिने छैन। बरु म ९.७४ अर्ब डलरमा ट्विटर किन्न चाहन्छु।’ सन् २०२२ मा मस्कले ४४ अर्ब डलरमा ट्विटर (जुन अहिले एक्स भइसकेको छ) किनेका थिए।

मस्कले सन् २०२४ मा ओपनएआईलाई दुईपटक अदालतमा तानेका थिए। उनले पहिलोपटक जुलाई २०२४ मा कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए। त्यसपछि मस्कले अगस्ट २०२४ मा फेरि मुद्दा दायर गरेका थिए। जसमा उनले कम्पनीले थप नाफा कमाउन एजीआई (आर्टिफिसियल जनरल इन्टेलिजेन्स) बनाउन खोजेको आरोप लगाएका थिए। त्यसबेलादेखि ओपनएआई सीईओ साम अल्टम्यान र एलन मस्कबीचको विवाद जारी छ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टारगेट प्रोजेक्टलाई लिएर यी दुईबीच बहस भएको थियो। यो बहस सोसल मिडियामा भएको थियो। जसमा एलन मस्कले भनेका थिए, ‘यी कम्पनीहरुसँग स्टारगेट परियोजनाका लागि रकम छैन।’

साम ओल्टम्यानले मस्कको आरोपको जबाफ दिँदै मस्कलाई देशका बारेमा सोच्न सल्लाह दिएका थिए। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS