IME Life New

एमडीएमएस खरिद प्रकरणः दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अख्तियारी दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरुसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोतम खनालसहित २० जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो। दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र, आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्ललगायतका विरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Esewa
Crest

आयोगले उनीहरुविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

एमडीएमएस खरिदकै लागि प्राधिकरणले छुट्टै विनियम बनाएको थियो। जसलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको छानबिन समितिले विवादास्पद भनेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS