IME Life New

एभरेष्ट इन्स्योरेन्सको मुनाफा ३० प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३० प्रतिशतले नाफा बढाएको छ। कम्पनीले यसै अवधिमा ७ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको हो। गत वर्षको यहि अवधिमा ५ करोड ६९ लाख रुपैयाँ थियो।

कम्पनीको खुद बीमा शुल्क आर्जन ३.६१ प्रतिशतले बढे पनि कुल बीमा शुल्क आर्जन भने १५ प्रतिशतले घटेको छ। एभरेष्ट इन्स्योरेन्सले पुस मसान्तसम्ममा ५० करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै कुल बीमा शुल्क आर्जन भने १९ करोड ४० लाख रुपैयाँ छ।

Esewa
Crest

पुनर्बीमा कम्पनीबाट प्राप्त हुने कमिसनमा पनि गिरावट आएको छ। यस्तो कमिसनबाट प्राप्त हुने आम्दानी जम्मा ५ करोड २६ लाख रुपैयाँ छ। पोलिसी संख्या ७ प्रतिशतले बढाएर ५५ हजार ६०२ वटा पोलिसी जारी गरेको छ। दाबी भुक्तानी ३१ प्रतिशतले बढेको छ। यसै अवधिमा कम्पनीले १२ करोड २१ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो।

चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १३ रुपैयाँ छ। जगेडा कोषमा ३१ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS