IME Life New

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्सको चौध्रौं वार्षिक साधारण सभा आज वेविनार मार्फत केन्द्रिय कार्यालय काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५/०४/०१ देखि २०७६/०३/३१ सम्मको नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

सभामा कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले आ.व. २०७५/०७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम भएको चुक्ता पूँजी एक अरब दुई करोड छ्यालिस लाख पचास हजार रुपैयाँको ७ प्रतिशका दरले हुन आउने रकम सात करोड सत्र लाख पचिस हजार पाँच सय रुपैयाँ बोनस शेयर वितरण गर्ने र सो मा लाग्ने कर प्रयोजनका लागि माथि उल्लेखित चुक्ता पूँजीको ० दशमलव ३७ प्रतिशतका दरले हुन आउने सैतिस लाख पचहत्तर हजार छबिस रुपैयाँ नगद लाभांश प्रदान गर्ने जानकारी गराए ।

त्यस्तै,  समूह “ख” को शेयर सहज बिक्रि वितरण गर्ने प्रयोजनका लागि सो समूहलाई आवश्यक समायोजन गर्न संस्थापक शेयरधनी समूहको न्युनतम ५१ प्रतिशत हुनु पर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरि शेयरधनी समूह “ख” मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक हिसाबले संस्थापक समूह “क” मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरि मिलान गर्न नियामक निकायको आवश्यक स्वीकति लिई गरिने कम्पनीका अध्यक्ष वाग्लेले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS