IME Life New

एनएमबि ५० को शेयर लगानी नेपाल लाइफमा सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि ५० को असोजमसान्तसम्ममा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ ९८ पैसा कायम भएको छ । फण्डको न्याभ अघिल्लो महिनाको तुलनामा४५ पैसाले कम हो । अघिल्लो महिनामा फण्डको न्याभ ११ रुपैयाँ ४१ पैसा रहेको थियो । फन्डले गत वर्षको मुुनाफाबाट इकाइधनीलाई दिएको ५ प्रतिशत नगद लाभांश पश्चात्  मूल्य समायोजन गर्दा न्याभ घटेको फण्डले जनाएको छ ।

फण्डमा सूचीकृत कम्पनीको सेयरमा लगानी ९९ करोड ३२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यो भदौ महिनाको भन्दा १२ करोड ८ लाख ८८ हजार रुपैयाँ बढी हो । यस अवधिमो फन्डले ४८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा लगानी रहेको छ । यस कम्पनीको २८ हजार ११३ कित्ता सेयरमा ३ करोड ८६ लाख २७ हजार रुपैयाँ लगानी गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS