IME Life New

एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता भएको छ । यी दुईबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले एनएमबि बैंकमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरे ।

Crest

सम्झौतापछि दोस्रो पक्षले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका युवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार युवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने सार्थ एनएमबि बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS