IME Life New

एनएमबि बैंकले सुरुगर्यो नेपालमै पहिलोपटक अनलाईन इन्स्योरेन्स सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले सिङ्गापुरको अनलाईन प्रबिधिमा आधारित इन्स्योरेन्स सेवाको सुरुवात गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक भनि दाबी गरिएको यो सेवाको शुरुवातसँगै अब एनएमबी बैंकमा खाता भएका वा बैंकमा खाता नभएका ग्राहकहरुले पनि इन्स्योरेन्स सेवा लिन चाहेमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप्लिकेसनबाट आवश्यकताअनुसार विभिन्न कम्पनीको इन्स्योरेन्स योजना/पोलीसि खरिद गर्न सक्नेछन् ।

Esewa
Crest

विभिन्न कम्पनीहरुका विभिन्न योजनाहरु साथै विशेषताहरु तुलना गरेर आफु लाई उपयुक्त योजना घरमै बसेर खरिद गर्न सकिने एनएमबि बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा अनलाइन इन्स्योरेन्स सेवा पहिलो भएको बैंकको दावी छ । सेवाको सुरुवात गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नुभयो ‘कसैको प्रभावमा नपरी स्वतन्त्र रुपमा आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनीहरुको योजना सजिलैसँग तुलना गरेर खरिद गर्न सकिनेछ।’

एनएमबि बैंकको अनलाईन प्रबिधिमा आधारित सेवाबाट नेपाल लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), ज्योति लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स का बिमा पोलीसि खरिद गर्न सकिन्छ । पछिल्लो समयमा इन्स्योरेन्स कम्पनी र बैंक हरुको सहकार्यमा हुने बैंकासुरेन्स सम्बन्धी सम्झौताको लहर पनि बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS