IME Life New

एनएमबि बैंकको ५२ हजार बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको ५२ हजार बढी कित्ता शेयर आज चैत १६ गतेबाट बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ५२ हजार १७२ कित्ता शेयर बिक्रीम राखिएको छ।

यो शेयरमा विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Crest

लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २२ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS