IME Life New

एनएमबि बैंकको विस्तारित काउण्टर हिमालय सुगर मिल्स परिसरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं एनएमबि बैंकले नरहा–३ सिरहा स्थित हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ । हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायतको उपस्थितिमा यो विस्तारित काउण्टरको उद्घाटन भएको हो ।

उक्त काउन्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको छ ।

Esewa
Crest

बैंकले हाल ११ एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS