IME Life New

एनआईसी एसिया बैंकको सहयोगमा निर्मित थप एक सामुदायिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरुमध्ये थप एक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरिएको गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित बन्दीपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको पुस्तकालय भवनमा असोज १६ गते पुस्तकालय उद्घाटन गरिएको हो।

Esewa
Crest

उक्त पुस्तकालय उद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, बैंकका तर्फबाट गण्डकी प्रदेश—३ का प्रमुख चूडामणि पराजुली र सम्बन्धित विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो।

यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब ११२५ विद्यार्थी तथा शिक्षक–शिक्षिका प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS