IME Life New

एनआईसी एशिया बैंकले ४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


एनआईसी एशिया बैंकले १००० अंकित दरका दरले ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र ल्याउने भएको छ ।

“एनआई सी एशिया ऋणपत्र २०८३र८४” निष्काशनको निमित्त बंैकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । प्रस्तावित १०.२५ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

Esewa
Crest

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआई सी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरे ।

४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS