IME Life New

एनआईसी एशिया बैंकको एकैसाथ तीन शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंकले एकै साथ तीन शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा शाखारहित बैंकिङ्ग सेवा एकैसाथ संचालनमा ल्याएको हो । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवा ३५ पुगेको छ ।

बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लभ साहले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका बैंक प्रतिनिधिको रुपमा रमेश गुप्तालाई नियुक्त गरिएको छ ।

Esewa
Crest

त्यस्तै गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन मेचीनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्गले गरिन् । गाडागल्ली शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ ।

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS