IME Life New

एनआइसी एशिया बैंकले पायो ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआइसी एशिया बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । आइक्यानले यो वर्षको छनोट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सो अवार्ड बैंककातर्फबाट एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानलाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

त्यसैगरी, वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप एनआइसी अर्थात दोश्रो एनएमबी बैंक र सेकेन्ड रनरअप अर्थात तेश्रो सिटिजन्स बैंक भएको थियो । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका हुन् ।

त्यस्तै, विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)’ अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरिएको छ । त्यसैगरी माइक्रोफाइनान्स तर्फ फस्ट रनरअप फर्स्ट माइक्रोफाइनान्स भएको छ ।

साथै, उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ र्याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई अवार्ड प्रदान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS