IME Life New

एड प्रो मिडियाले मनायो दोस्रो वार्षिकोत्सब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एड प्रो मिडिया प्रा.लि.ले आफ्नो स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको छ । दोस्रो वार्षिकोत्सवको अवसर पारी एड प्रो ले फेसबुक ग्रुप मार्फत सामाजिक कार्यमा क्रियाशिल समूह “रमाइलो सेवा समूह” सँग सहकार्य गरी मनाएको हो । कार्यक्रम पोलर स्टार मा.बि. रत्ननगर, चितवनमा सम्पन्न भएको थियो ।

एड प्रो मिडिया र समाइलो सेवा समूहको सहकार्यमा अपांङ्गहरु पनि सपाङ्ग सरह जिवन जिउन सक्छन् भन्ने उद्देश्यले पुर्वी चितवन रत्ननगर निवासी शारिरीक रुपमा अशक्त बहिनी कबयत्री प्रकृति देवकोटाद्धारा लेखिएको कबिता संग्रह “प्रकृति बाग” नामक पुस्तक १०० थान प्रकाशन गरी मिति २०८० पौष १ गते देवकोटाको जन्मदिनको अवसर पारी विमोचन गरिएको हो ।

Esewa
Crest

कार्यक्रममा रमाइलो सेवा समूहका प्रतिनिधिहरु, एड प्रो मिडियाका प्रतिनिधिहरु तथा अन्य दिग्गज ब्यक्तित्वहरु, शिक्षक विद्यार्थी, कवयत्री प्रकृति देवकोटा, कृष्ण तिम्सिना र साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रमाइलो सेवा समूहका अध्यक्ष पुष्पलाल भट्राईले आगामी दिनमा पनि यस्तै परोपकारी कार्यहरु गर्दै जाने र बहिनीको आगामी दिनहरु साहित्य सृजनामा थप केन्द्रीत बन्दै जानेमा रमाइलो सेवा समूह परिवार आशावादी रहेको बताए । रमाइलो सेवा समूहसँग जोडिएर सामाजिक कार्यमा सहभागी भई आफ्नो वार्षिकोत्सव मनाउन पाउँदा एड प्रो मिडिया परिवार गौरवान्वित भएका छौं र आगामी दिनहरुमा पनि यस्ता खालका सामाजिक कार्यमा सधै अग्रसर भई अगाडि बढ्ने संकल्प एड प्रो मिडियाका प्रबन्ध संचालक झलनाथ खतिवडाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS